Mansara

नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी

२०७८ फागुन १५
नायक पल शाह विरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी

नायक पल शाहविरुद्ध नवलपरासीमा पनि जबरजस्ती करणी सम्बन्धी उजुरी परेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका नाबालिकाका बुबाले नै इलाका प्रहरी कार्यलय गैडाकोटमा उजुरी दिएका हुन् ।

मुद्दा बलियो बनाउनका लागि बारदात भएको अर्को स्थानमा पनि जाहेरी दर्ता गरिएको बुझिएको छ । नाबालिकाको तर्फबाट उनका बुवाले जाहेरीमा हस्ताक्षर गरेका छन् ।

पीडितले प्रहरीसमक्ष दिएको जाहेरीमा पलले ०७७ चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक जबर्जस्ती करणी गरेको आरोप छ। बुधबार आफु बिरुद्ध उजुरी परेपछि फरार रहेका शाहले आज तनहुँ प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् ।

Mahajatra