बिहीबार नै रिलिज हुने भयो ‘परस्त्री’
सुरज पाण्डेको डेव्यु निर्देशकिय चलचित्र ‘परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ । यसअघि शुक्रबारबाट प्रदर्शन हुने भनिएको चलचित्र बिहीबार नै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड चलचित्र ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि सोही दिन प्रदर्शन हुन लागेको हो । नेपाल सरकारले बिहिबार बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएकोले पनि बिहिबार नै चलचित्र रिलिज गर्न लागिएको हो ।
‘परस्त्री’लाई बिहीबारै रिलिज गर्न लाग्नुको कारणबारे निर्मात्री शर्मिला पाण्डेले भनिन्, ‘हामी चलचित्र रिलिजको परम्परा बिगार्ने पक्षमा थिएनौं । तर, नियम सबैलाई हुनुपर्छ । बलिउड चलचित्र बिहीबार नै रिलिज हुन्छ भने हामी किन शुक्रबार कुर्ने ? बलिउड चलचित्रका कारण शोमा पनि तलमाथि हुने भएकाले बिहीबारबाटै चलचित्र प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।’
हिन्दी भाषामा डबिङ गरेर भारतमा समेत प्रदर्शन हुन लागेको चलचित्रको हिन्दी भर्सन भने नेपालमा लाग्ने छैन । नेपालमा चलचित्रको नेपाली संस्करण मात्र प्रदर्शन हुने जानकारी निर्माण टिमले दिएको छ ।
विवाहेतर सम्बन्धको कथामा निर्माण भएको चलचित्रलाई शर्मिला पाण्डे र दिपेन्द्र के. खनालले निर्माण गरेका हुन् । दिपेन्द्रकै लेखन रहेको चलचित्रमा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
