Harsh
PR Banner

तेस्रो सातामा ‘परान’, शो पुग्यो २ सय १०

२०८२ कार्तिक २८
तेस्रो सातामा ‘परान’, शो पुग्यो २ सय १०

बक्स अफिसमा बढ्दो उत्साह सहित चलचित्र ‘परान’ रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा चलचित्रले ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको निर्माण पक्षको दाबी छ ।

पारिवारिक कथाको चलचित्रले भावनात्मक सम्बन्धको विषय भनेको छ । दिपक आचार्यको निर्देशन रहेको चलचित्रले तेस्रो सातामा उल्लेख्य शो संख्या सहित दर्शकको साथ पनि बढाउँदै ल्याएको छ । चलचित्रले आज (शुक्रबार) मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ । चलचित्रको माउथ पब्लिसिटी निकै बलियो रहेका कारण यसका दर्शक थप बढ्ने पक्षेपण गर्न सकिन्छ । भोलि बिदाको दिन परेकाले यसको ब्यापार अझ बढ्न सक्ने छ ।

चलचित्रले दर्शक तथा समीक्षक दुवैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले चलचित्र निर्माण गरेको हो ।

चवलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।