‘वर्ड अफ माउथ’ बलियो हुँदा बढ्दै ‘परान’को व्यापार
‘वर्ड अफ माउथ’ बलियो हुँदा प्रदर्शनरत् चलचित्र ‘परान’को व्यवसायमा सकारात्मक सूचकहरु देखिन थालेका छन् । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्ने दर्शकहरुले अब्बल प्रतिक्रिया दिएका छन् ।
चलचित्र भावनात्मक कथावस्तुका कारण दर्शकको मन जित्न सफल भएको छ । चलचित्र हेर्ने क्रममा दर्शकहरू हलभित्रै रोएका दृश्य यतिबेला टिकटकमा छ्यापछ्याप्ती बनेका छन् । निर्देशक दिपक आचार्यले सुस्त गतिमा चलचित्र हिडिरहेको जनाएका छन् ।
शुक्रबार रिलिज भएको चलचित्र सोमबार सम्म आइपुग्दा दर्शकको संख्या बढ्दै गएको देखिन्छ । दर्शकहरु भावुक बनेका छन् र कथासँग आफूलाई जोडिरहेको देखिन्छ । दर्शक प्रतिक्रियाका आधारमा परिवार, माया र सम्बन्धका यथार्थ दृश्यहरूले मन छोइरहेको बुझ्न सकिन्छ ।
नीर शाहले निभाएको बाबुको पात्रमा दर्शकहरूले बढी अपनत्व महसुस गरेका छन् । उनको जीवन्त अभिनयले दर्शकलाई कथामा समाहित गराएको देखिन्छ, जसका कारण हलमा रुवाबासी नै चलेको छ ।
चर्चित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यले स्थापित गरेको बाइस्कोप सिनेमाजको ब्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रमा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङलगायतको अभिनय रहेको वछ ।
Latest Updates
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
