‘परान’को ब्यापार ३ करोड ७१ लाख, ‘जेरी अन टप’को ब्यापार यो वर्षकै उच्च
चलचित्र ‘परान’ले ३ करोड ७१ लाख ३६ हजारको ब्यापार गरेको छ । अघिल्लो साता प्रदर्शनमा आएको चलचित्रले ९ दिनमा यो कमाई गरेको हो । चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार राति सम्मको बक्स अफिस कलेक्सन रिपोर्टमा उक्त कलेक्सन देखिएको हो । बोर्डले चलचित्रको एक लाख २८ हजार ६७९ टिकट बिक्रि भएको उल्लेख गरेको छ ।
यस्तै ‘जेरी अन टप’, ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’को पनि कात्तिक २२ गतेसम्मको व्यापार पनि सार्वजनिक भएको छ । जसमा ‘जेरी अन टप’ ११ करोड ७१ लाख ४१ हजारको व्यापार गरेको छ । यो आँकडा वर्ष २०८२ को अहिले सम्मको उच्च ब्यापारिक आँकडा हो । त्यस्तै, ‘वरिष्ठ बलराम’ले २ करोड ५६ लाख ५७ हजार, ‘मैझारो’ले १ करोड ४ हजार र ‘सोल्टिनी’ले २९ लाख रुपैयाँको ब्यापार गरेको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएका ‘जारी २’ र ‘मन बिनाको धन’को बक्स अफिस रिपोर्ट भने आगामी सोमबार सार्वजनिक हुनेछ । बोर्डले हरेक सोमबार नेपाली चलचित्रको व्यापार सार्वजनिक गर्दै आएको छ ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
