चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त
चलचित्र ‘पाँच पाण्डव’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो ।
वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल, सागर लम्साल (बले), दीपाश्री निरौला र रजनी गुरुङ रहने निर्माण पक्षले जनाएको छ । यद्यपी पाँच पाण्डव मध्येका एक पाण्डव र मुख्य नायिका सहितका केही कलाकारहरु भने गोप्य राखिएको बुझ्नमा आएको छ ।
चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ ।
चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्र सुशील पौडेलले लेखेका छन् । पौडेलले यसअघि ‘प्रसाद’का दुई श्रृंखला पनि लेखेका थिए । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले चलचित्रको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।
“हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ,” उनले भने, “हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ ।” यसअघि नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
Latest Updates
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
