पल शाहको अभिनयमा ‘सक्छौ र तिमी म बिना बाँच्न’

पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’ सार्वजनिक गरिएको छ । बिकास सुबेदीको निर्देशन रहेको भिडियोमा पलसँग सनिशा भट्टराईको अभिनय रहेको छ ।
बलात्कार मुद्धामा सफाई पाएपछि पलले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो हो । यद्यपी यसअघि उनी अभिनित दुई म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । सार्वजनिक तीन वटै भिडियोमा पलको जोडीका रुपमा सनिशाकै अभिनय रहेको छ । सार्वजनिक भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलिको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ ।
सार्वजनिक गीतमा नरेश बुढाथोकीको स्वर, राम अविरल विष्टको शब्द र सन्तोष सुनारको संगीत रहेको छ । नरेश पछिल्लो पुष्ताका उदयीमान गायक हुन् ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung