तीन सहरमा ‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’

‘नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल’को नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । सोमबार काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटमा भएको पत्रकार सम्मेलनमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी गराइन् ।
जोएलका अनुसार फेस्टिभलको पहिलो चरण सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा वैशाख १५ देखि १७ सम्म, दोस्रो चरण २० – २२ सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र अन्तिम प्रर्दशनी चलचित्र विकास बोर्डको हलमा २९ देखि जेठ १ सम्म आयोजना हुनेछ ।
फेस्टिभलको यस संस्करणको मूल विषयवस्तु सबैका लागि मानव अधिकार उत्सव रहेको छ । फेस्टिभलमा युरोपका ख्यातिप्राप्त निर्देशकहरुले निर्देशन गरेका आठ वटा फिल्मका साथसाथै नेपालका युवा फिल्म उत्पादकहरुले निर्माण गरेका छोटा फिल्महरु प्रदर्शन गरिनेछन् ।
महोत्सवकै दौरानमा युरोपियन युनियन नेपालले ‘मानवअधिकार प्रबद्र्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने ?’ भन्ने विषयमा छलफल समेत गर्नेछ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal