बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ हुने
थर्ड आईको आयोजनामा बेलायतको राजधानी लन्डनमा ५ दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले ५ दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए ।
‘हामीले नेपाली परिवेशको, नेपाललाई चिनाउने फिल्मलाई लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउछ नै नेपाली कला, संस्कृतिलाई समेत प्रवद्र्धन गर्छ’ अध्यक्ष केसीले भने, ‘हामीले कोरोनाको महामारी पश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ ।’ उनले नेपाली फिल्म के –कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ – नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेकोमा जोड दिए । हामी कहाँ के कस्ता फिल्महरु बनिरहेका छन । त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केहि फिल्म मात्र देखाउने छौँ’ उनले भने । अध्यक्ष केसीका अनुसार, महोत्सवको अन्तिम दिन फिल्मकर्मीहरूलाई सम्मानित समेत गरिनेछ ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी सुरु भइसकेको बताइएको छ । आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ ।
युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका तर हलमा मात्र रिलिज भएका फिल्महरु मध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइनेछ ।
थर्ड आईका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराएका थिए । ‘विदेशमा हुने नेपाली कार्यक्रम अपेक्षानुरुप हुने नगरेको इतिहास छ । हामी यो कार्यक्रममा त्यो इतिहास बदल्ने प्रयास गर्छौँ,’ उनले थपे, ‘यसै गरी देशबाहिर कार्यक्रम गर्दा आयोजकले मानिसहरू अवैधानिक रुपमा छाड्ने गरेको पनि गुनासो छ । हामीले त्यसो गरेको पाइएमा जे सजाय पनि भोग्न तयार छौँ ।’
महोत्सव घोषणा कार्यक्रममा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल लगायतले शुभकामना दिएका थिए । कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
