Mansara

नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

२०७९ जेष्ठ १६
नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु

आइतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मंगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ ।

महोत्सबको चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष तथा महोत्सब संयोजक डा. मञ्जु मिश्रले आर्थिक र सांस्कृतिक रुपमा उस्तै भएको नेपाल र अफ्रिकाको चलचित्र संस्कृति आदन प्रदानकै लागि एक दशकदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताइन् ।

यस्तै प्रतिनिधि सभाकी साँसद मन जिसीले कार्यक्रममा बोल्दै नेपाल र अफ्रिकाको सँस्कृति अदान प्रदानको लागि यो महोत्सब निकै उपयोगी हुने गरेको बताईन् । यस्ता महोत्सबलाई सघाउन आफुले सँसदमा आबाज उठाउने उनले प्रतिवद्धता जनाईन् । 

महोत्सब निर्देशक डब्बु क्षत्रीले कोरोना महामारीका कारण महोत्सबमा बिगत र यसपटक केही असर परेको भए पनि आगामी वर्षबाट यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए । 

नेपाली चलचित्र, गीत संगीत तथा सौन्दर्य कला क्षेत्रमा एक देखि तीन दशकभन्दा लामो समयसम्म योगदान पु¥याएका विभिन्न व्यक्तिलाई कार्यक्रममा सम्मान गरियो ।

महोत्सबको निर्णायकहरुमा सँगीतकार जुगल डँगोल, अभिनेताहरु प्रवण भुषाल, प्रेम पाण्डे, सागर घिसिङ, कोरियोग्राफर अजय स्याङतान, म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की र पत्रकार कुवेर गिरी रहेका छन् ।