धुँजुको अध्यक्षतामा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन
गौरीशंकर धुँजुको अध्यक्षतामा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गरिएको छ । नेपाली चलचित्र छायांकन क्षेत्रका पेशेवरहरूलाई एकीकृत गर्दै मंगलबार सिनेमाटोग्राफर एशोसिएसन गठन गरिएको हो ।
चलचित्र विकास बोर्डको हलमा सम्पन्न भेलाले गठन गरेको तदर्थ समितिको उपाध्यक्षमा राजेश श्रेष्ठ, महासचिवमा विष्णु कल्पित, सचिवमा नरेन्द्र मैनाली र कोषाध्यक्षमा आलोक शुक्ला रहेका छन् । यस्तै सदस्यहरूमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन् ।
कार्यक्रममा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, राजेश श्रेष्ठल, पुरुषोत्तम प्रधान, गौतम श्रेष्ठ, बिशाल पौडेल, निरज कँडेल, उमङ शाही, कृष्ण श्रेष्ठ, बाबु श्रेष्ठ, रामशरण उप्रेती, शिवराम श्रेष्ठ, शम्भू सापकोटा, दिछे गुरुङ, शिवु ढकाल, अमर महर्जन, विवेक खड्का, सरद महतो, नविन गुरुङ, लुःजः सिंह, कृष्ण परियार र रविन आचार्यसहितका छायाँकारहरूको सहभागिता रहेको थियो ।
भेलाले लामो समयदेखि चलचित्र क्षेत्रमा विभिन्न पेशागत संघ–संस्था सक्रिय भए पनि छायाँकारहरूको साझा आवाज अभाव रहेकाले एशोसिएसन गठन गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ । छायाँकारहरूको पेशागत हकहित संरक्षण, सीप विकास र नियमनात्मक संरचना निर्माणको उद्देश्यसहित एशोसिएसनलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरिएको छ ।
Latest Updates
-
-
-
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
-
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
