फागुनमा नेफ्टा फिल्म अवार्ड
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण स्थगित भएको थियो । आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्तिमार्फत फागुन महिनामा अवार्ड गर्ने जानकारी गराएको छ ।
नेफ्टा र ड्रिम हाइ नेपालको संयुक्त आयोजनामा हुन लागेको अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम माघ १० गतेलाई तय भएको अवार्ड कार्यक्रम संयोजक सुष्मा पौडेल (गीता) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै चलचित्र हलहरुपनि खुल्ने क्रममा रहेको भन्दै चलचित्र क्षेत्रलाई थप चलायमान र सकृय बनाउन यहि बर्ष नै अवार्ड कार्यक्रम गर्न लागिएको नेफ्टाले बताएको छ ।
‘कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेका छौं’, ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले भने, ‘टप फाइभ सार्वजनिक गरेको दिन नै अवार्ड आयोजना हुने अफिसियल मिति सार्वजनिक गर्नेछौं ।’ कोभिड १९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
