‘राष्ट्रिय चलचित्र पुरस्कार’ : चैत्यदेवीलाई दिर्घ साधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट नायक–नायिका
अभिनेत्री चैत्यदेवी सिंहलाई ३ लाख ७५ हजार नगद राशी सहितको दिर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । बुधबार राष्ट्रपति निवास शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’का अवसरमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले अभिनेत्री सिंहलाई उक्त सम्मान अर्पण गरेका हुन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित समारोहमा वर्ष २०८० मा प्रदर्शनमा आएका चलचित्रबाट बिभिन्न बिधामा उत्कृष्टताको अवार्ड समेत प्रदान गरियो । साथै बिशेष चलचित्र सम्मान र बिशेष योगदान सम्मान समेत सोही समाहरोहमा प्रदान गरिएको छ ।
वर्ष २०८० का चलचित्र मध्ये ‘बुलाकी’ले चलचित्र सहित उत्कृष्ट लेखन र छायाँकनको अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्रको अवार्ड निर्माता टोपेन्द्र विष्ट, उत्कृष्ट लेखकको अवार्ड राजबहादुर साने र छायाँकारको अवार्ड शिव ढकालले प्राप्त गरेका छन् ।
यस्तै चलचित्र ‘दिमाग खराब’ उत्कृष्ट निर्देशकको अवार्ड निश्चल बस्नेत र उत्कृष्ट अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले प्राप्त गरे । यस्तै चलचित्र ‘प्रसाद २’बाट विपिन कार्की उत्कृष्ट अभिनेता र ‘महाजात्रा’बाट मित्र डी गुरुङ उत्कृष्ट सम्पादक घोषित भए । समारोहमा आदिवासी मातृभाषी चलचित्र तर्फ उत्कृष्ट चलचित्रको अवार्ड ‘लोजिमा’ले प्राप्त गर्यो ।
त्यस्तै, निर्णायक समिती प्रोत्साहन पुरस्कार ‘टुल्की’बाट अभिनेत्री स्वस्तिमा कार्की र व्यावसायिक रुपमा सफल चलचित्र ‘जारी’लाई प्रदान गरियो । बिजेताहरुलाई राष्ट्रपति पौडेलले अवार्ड प्रदान गरेका थिए ।
यस्तै सूचना तथा सञ्चार प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङले बिभिन्न व्यक्तित्वहरुलाई विशेष योगदान सम्म्मान अर्पण गरेका थिए । कार्यक्रममा चलचित्रकर्मकै क्रममा ज्यान गुमाएका प्राबिधिक सुरेन्द्रमान तुलाधरलाई मरणोपन्त सम्मान गरियो । उनकी श्रीमती अनिता तुलाधरले ५० हजार राशीको चलचित्रकर्मी बिशेष योगदान सम्मान ग्रहण गरिन । यस्तै अन्य सम्मानित चलचित्रकर्मीहरुमा कलाकार तैयव शाह, प्रदर्शक कृष्ण प्रसाद रायमाझी, द्वन्द्व निर्देशक नारायण प्रधान, कलाकार विद्या कार्की, प्रदर्शक नरेन्द्र महर्जन, कलाकार तथा निर्माता नन्द किशोर प्रसाद श्रीवास्तव, गुरुङ चलचित्रका निर्देशक तथा निर्माता भोज बहादुर गुरुङ, संगीत संयोजक अमुल कार्की ढली, प्रदर्शक ध्रुब कुमार श्रेष्ठ, कलाकार बुद्धि तामाङ्ग र कलाकार सबिता गुरुङ रहेका थिए ।
कार्यक्रममा विशेष चलचित्र सम्मान चलचित्र सतीदेवी, सुगुप (लिम्बु भाषा) र मार्कली (गुरुङ भाषा)लाई प्रदान गरियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
