Mansara

अभिनेत्री नम्रता सापकोटाले लिइन सन्यास

२०७८ मंसिर २६
अभिनेत्री नम्रता सापकोटाले लिइन सन्यास

अभिनेत्री नम्रता सापकोटाले सन्यास लिएकी छिन । सापकोटाले शनिबार साँझ ओशो तपोवनमा सन्यास लिएकी हुन् । यो सँगै सापकोटा आशो सन्यासी बनेकी छिन ।

शुक्रबार दिउसो सापकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु ओशो शिबिरमा रहेको जनाउ दिएकी थिइन । उनले आशो तपोवनबाट गेरु बस्त्र धारण गरि ओशोको पुस्तक सहितको तस्विर सार्वजनिक गरिन । प्रशन्न मुद्राको उक्त तस्विर सहित सापकोटाले ‘प्रेम लक्ष्य हो.... जीवन यात्रा हो.... ओशो’ लेखेकी थिइन ।

हरेक महिनाको ७ देखि १४ तारिखसम्म आयोजना हुने ओशो ध्यान शिबिरमा यसपटक सापकोटा पनि सहभागी भएकी छन् । ७ दिने शिविर अन्तरगत शनिबार उनले सन्यास लिएकी हुन् । सोमबार यसपटकको ध्यान शिबिर पुरा गरि उनी निजी निवास फर्कने छिन ।

आशो सन्यासी बनेसँगै नम्रताले ओशोको माला पहिरिएकी छिन । आइतबार बिहान अर्की अभिनेत्री शोबिता सिम्खडाले नम्रतालाई ओशो परिवारमा स्वागत गर्दै सामाजिक सञ्जालमा दुई अभिनेत्रीको तस्विर सेयर गरेकी छिन । सिम्खडाले केही वर्ष अघि नै ओशो सन्यास लिएकी थिइन । सम्भवतः सिम्खडा पछि ओशो सन्यासी बन्ने सापकोटा दोस्रो नायिका हुन् । यद्यपी सन्यास नलिए पनि केही अभिनेत्रीहरुले पटक पटक ओशो ध्यान गर्ने गरेका छन् ।


के हो ओशो सन्यास ?

सामान्यतयाः सन्यास भन्नाले गरिरहेको कर्मबाट बिश्राम लिनु भन्ने बुझिन्छ । अनि सन्यासी भन्नाले भौतिक सुख सुबिधा त्यागी, आत्ध्यात्मिक जीवन जीउनु भन्ने बुझिन्छ । अझ बोलिचालीको भाषामा भन्ने हो भने जोगी बन्नु हो । तर, ओशो सन्यासी बनेपनि गरिआएको कर्म वा दैनिक कृयाकलाप सामान्य रुपमा गर्न सकिने सिम्खडा बताउँछिन । मानिसले चित्त शुद्ध बनाउने हो, ध्यानको माध्यम हुँदै आत्ध्यात्मिक मार्गमा हिड्न कोशिष गर्ने हो तर, भौतिक र प्राकृतिक कर्मभने सहजै गर्न सक्नेछ ।

आइतबार साँझ तपोबनबाट टेलिफोनमा कुरा गर्दै अभिनेत्री सिम्खडाले ओशो सन्यासी बन्नु भनेको ओशोलाई गुरु मान्नु भएको बताएकी छिन । उनका अनुसार ओशोलाई आफ्नो गुरु मानि ओशोले देखाएको मार्गमा हिड्नु नै ओशो सन्यासी हुनु हो ।

ओशो सन्यासी सिम्खडासँग ओशो सन्यास, ध्यान र समग्र आत्ध्यामिक चेतबारे गरिएको कुराकानी :

Mahajatra