‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन

आजबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन भएको छ । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र सांगीतिक प्रेम कथामा आधारित छ । चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।
गीतसंगीतका कारण चर्चामा रहेको चलचित्रमा पल र पूजाका अलवा हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाया, गणेश गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन तथा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, निर्देशक सुदर्शन थापाको कथा र शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा रहेको छ । सुदर्शन थापा प्रोडक्सनको प्रस्तुतिमा निर्देशक थापा र नायिका पूजा शर्माले चलचित्र निर्माण गरेका हुन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi