Harsh
PR Banner

चलचित्र ‘मुगलान’को टिजर रिलिज

२०८२ कार्तिक २३
चलचित्र ‘मुगलान’को टिजर रिलिज

रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’को टिजर रिलिज गरिएको छ । निर्माण टिमले आइतबार चलचित्रको टिजर रिलिज गरेको हो ।

‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ । आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा प्रभात पाल र स्मारिका ढकालको मुख्य भुमिका रहेको छ । उनीहरुका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता गोमन सिंह रहेका छन् । चलचित्रको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन् । तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको चलचित्रमा बिजिएम रिदम कँडेलको छ । चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।

चलचित्रमा किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको संगीत छ ।