‘मुगलान’को ‘पिन्टु पियारी’ रिलिज, प्रभात र स्मारिकाको नृत्य
चलचित्र ‘मुगलान’को गीत रिलिज गरिएको छ । निर्माण टिमले सोमबार ‘पिन्टु पियारी’बोलको गीत रिलिज गरेको हो । डान्सिङ बिटको गीतमा कलाकार प्रभात पाल र स्मारिका ढकालले नृत्य गरेका छन् । गीतमा हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारको स्वर र गायक हरिकै शब्द र संगीत छ । गीतको एरेन्ज, मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका हुन् ।
चलचित्रमा प्रभात पाल, स्मारिका ढकालका, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र पुष १० गतेदेखि प्रदर्शनमा आउन छ । आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता गोमन सिंह हुन् भने सह–निर्माता रिता चौधरी रहेकी छिन । चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन, रिदम कँडेल बिजिएम, देबेन्द्र कुँवरको कोरियोग्राफर र अजय रेग्मीको डिओपी छ।
चलचित्रमा संगीत किरण भुषालले दिएका छन् भने शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको स्वर रहेको छ । यस्तै आशिष ढकाल, सिर्जना लम्साल र हरि गिरी (विमर्शी)को शब्द रचना छ ।
Latest Updates
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
-
दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
-
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Max Nepal, Rajan Kunwar, Pooja Chaudhary
