Mansara

अब मिसेस नेपाल वल्र्ड हुने

२०७८ असोज ८
अब मिसेस नेपाल वल्र्ड हुने

बिबाहित महिलाकाबीच मिसेस नेपाल इन्टरनेसनल आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्टले अब मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ ।

प्रतियोगिताका विजेतालाई अमेरिकाको लस भेगासमा आयोजना हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएसँगै अब मिसेस नेपाल वल्र्ड आयोजना हुने भएको हो । रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार बिजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुने मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

उनका अनुसार यस वर्षदेखि एकै मञ्चबाट मिसेस नेपाल वल्र्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एमएस नेपाल इन्टरनेश्नल गरी तीन बिजेताको छनोट हुनेछ । यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने छन् ।