चलचित्र ‘बादशाह जुट’को इण्डक्ल्याप, पौष १३ मा प्रदर्शन हुने

चलचित्र बादशाह जुटको छायाँकन सकिएको छ । ललितपुरको श्रीकाली चौरमा एक गीतको छायाँकनसँगै चलचित्रको इण्डक्ल्याप गरिएको हो ।
निर्देशक जोनी सिंह राणाका बैशाख १० गतेबाट छायाँकन शुरु भएको यो चलचित्रको झण्डै ६० दिन छायाँकन गरिएको छ । अन्तिम दिन लोक फेलेवरको गीतको छायाँकन गरियो । गीतमा प्रियंका कार्की, शुशिल श्रेष्ठ, आमिर गौतमलगायतका कलाकारले कम्मर मर्काएका छन् । चलचित्रमा प्रियंका विशेष भुमिकामा देखिएकी छिन ।
चलचित्रलाई भोजराज श्रेष्ठले निर्माण गरेका हुन । दुई राजाको कथामा निर्माण भएको चलचित्रको छायाँकनमा आफुले कुनै पनि कुराको कमी हुन नदिएको उनको भनाई छ ।
चलचित्रको इण्डक्ल्यापसँगै प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । यो चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतका कलाकारको अभिनय रहेको छ ।
एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्धन्द्व, विक्रम स्वारको कोरियोग्राफी, र दिर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal