चलचित्र सृजना र व्यवसाय दुबै हो - माओत्से गुरुङ, चलचित्रकर्मी
माओत्से गुरुङ, कला प्रेमीका लागि नयाँ नाम हुँदै होइन । तर, मुलधारका चलचित्रमात्र फलो गर्नेहरुका लागि यो नाम नयाँ नै हो ।
माओत्सेले अहिले सम्म मुलधारका ५ चलचित्रमा अभिनय काम गरेका छन् । तर, उनका लागि यो पहिचान मात्र निकै अन्यायपूर्ण हुन्छ । किनकी माओत्से नाट्यकर्मी पनि हुन । उनी कलाकारसँगै चलचित्र निर्देशक, निर्माता तथा लेखक पनि हुन । माओत्सेले गुरुङ भाषाका थुप्रै चलचित्रमा काम गरेका छन् । गुरुङ चलचित्रमा माओत्सेको उचाई निकै अग्लो छ । अब्बल दर्जाका कलाकार अनि निर्देशकका रुपमा माओत्सेको नाम अग्रपत्तिमा आउँछ ।
त्यसो त माओत्सेले पोखरालाई आधार बनाएर चलचित्रकर्म गरे । गुरुङ चलचित्रकर्मीहरुको नेतृत्व गरे । २०६५–०७६ तिरको कुरा हो चलचित्रलाई सृजनशिल बनाउनु पर्छ भनेर गुरुङ फिल्म एसोसियसनको अध्यक्ष हुँदा थुप्रै पटक वर्कशपहरु पनि गराए । र, ति प्रायः वर्कशपमा प्रशिक्षक हुन्थे नविन सुव्बा ।
नबिन सुव्बाको चलचित्रलाई बुझ्ने र बुझाउने सोचको धेरैले तारिफ गर्छन । उनीसँग चलचित्र के हो ? कसरी निर्माण गर्ने अर्थात सृजनामा कसरी रमाउन सकिन्छ भनेर सिक्न सकिने बताउनेहरु धेरै छन् । माओत्से पनि नबिनबाट प्रेरित थिए । चलचित्रलाई सृजनाकै रुपमा बुझ्थे । तर, चलचित्र त व्यापार पनि हो नी । सृजनाको व्यापार ।
तर, पछिल्लो केही वर्ष यता माओत्से अर्का निर्देशक रामबाबु गुरुङसँग नजिक छन् । चलचित्र कबड्डी कबड्डीबाट शुरु भएको उनीहरुको फिल्मी सहकार्य निरन्तर छ । उता नबिन सुब्बासँगको सहकार्य अलिक ओझेलमा परेको जस्तो देखिन्छ । यता रामबाबुसँगको सहकार्यमा माओत्से बजारमुखी बनेको आरोप पनि लाग्यो । उनले पनि ठट्यौली शैलीमा भनिदिए – ‘नुन तेलका लागि काम गरिरहेको छु ।’ अहिले रामबाबुसँग कै सहकार्यमा चलचित्र ‘दयारानी’ बनाएका छन् उनले । चलचित्रलाई उनैले निर्देशन गरेका छन् । मुलधारको चलचित्रमा उनको पहिलो निर्देशन हो यो ।
यही चलचित्रको एक कार्यक्रममा माओत्सेलाई प्रश्न आयो – नबिन सुब्बाको क्याम्पबाट बाहिरिएर रामबाबु क्याम्पमा जम्नु भएको हो ? प्रश्न सुनेपछि उनले आफुलाई आजकल अक्सर पोखरेलीहरुले सोध्ने प्रश्न नै यही भएको बताए । उनले आफुले नबिन वा रामबाबु जो सँग सहकार्य गर्दा पनि कलासँगै सम्बन्धित काम नै गरेको जनाए । उनले नविनबाट चलचित्रलाई बुझ्न पाएको, चलचित्र निर्माण कसरी गर्ने, चलचित्र के हो, सृजनामा कसरी रमाउने जस्ता कुरा सिक्न पाएको अनि रामबाबुबाट चलचित्रको बजार बुझ्न पाएको, कस्तो समयमा कस्तो चिज चल्छ वा बजार अनुसार कस्तो चलचित्र राम्रो हो भन्ने कुरा बुझ्न पाएको जनाए । यद्यपी उनले नबिन सुब्बाको क्याम्प छोडी नहालेको समेत जनाएका छन् ।
माओत्सेले एउटा क्याम्पबाट सृजना अनि अर्कोबाट बजार जान्न पाए । त्यसो भए चलचित्र के रहेछ त सृजना कि व्यापार ? माओत्से चलचित्रलाई सृजना र व्यापार दुवै भन्न चाहन्छन् । अगाडी थप्छन – ‘सृजना मात्र गरेर निर्मातालाई डुवाउन पनि भएन । व्यापार भनेर सृजनालाई डुवाउनु पनि भएन । त्यसैले चलचित्र भनेको दुबै रहेछ भन्ने लाग्छ ।’
Latest Updates
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang