‘मन बिनाको धन’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट
यहि शुक्रबार कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सरका अधिकांश कर्मचारीहरुले अशोक दर्जीको बिषयबस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ राम्रो चलचित्र बनेको भन्दै तारिफ गरे ।
चलचित्रको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने बिश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए । चलचित्रको ट्रेलरलाई युटुबमा १० लाख बढी पटक हेरिसकिएको छ । चलचित्रले प्रचार सामाग्री मार्फत् दर्शकमाझ बनाएको हाइपका कारण व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा निर्माण टिमको छ ।
चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायतका कलाकारको अभिनय रहेको छ ।
बाटोमा गीत गाउदै माग्दै हिड्ने अशोकलाई संगीतकार टंक बुढाथोकीले अभिभावकत्व प्रदान गरेका थिए । टंककै संगीतमा पहिलो पटक ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीत रेकर्ड गरेपछि अशोकको जीवन परिवर्तन भएको थियो । टंककै संरक्षणमा रहेका अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
प्रेम, हाँसो, रोदन र खुसीको मिश्रण रहेको ट्रेलरमा अशोकको संघर्षपूर्ण बाल्यकाल, ‘मन बिनाको धन’ गीतको लोकप्रियतापछि पाएको ख्याती, स्कूले जीवनका रमाइला क्षणहरूसँगै निमुखा जनतामाथि राज्यले गर्ने व्यवहार र विदेश पलायनको कथालाई पनि मर्मस्पर्शी रूपमा देखाइएको छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र निर्देशक टंककै संगीत रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको चलचित्रका सह निर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजया पाण्डे तथा कार्यकारी निर्मातामा सपना शर्मा रहेका छन् ।
Latest Updates
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
