चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक
चलचित्र ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा कलाकारहरु केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ ।
भदौ ६ गतेबाट प्रदर्शन हुने चलचित्रलाई ऋषि लामिछाने निर्देशन गरेका हुन् । निर्देशक लामिछानेले ‘माग्ने राजा’ले आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मुनाल घिमिरेको लगानी रहेको छ । घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
चलचित्रमा घिमिरे, सिवाकोटी र राईका अलवा पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको पनि अभिनय छ । चलचित्रमा आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको लेखन र दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
