Mansara

चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक

२०७८ फागुन १८
चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक

चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत र बुलेट फ्लो र अशोक बस्नेतको स्वर रहेको छ । भिडियोमा चलचित्रका केही स्टिलदृष्यहरु समावेश छन् ।

चलचित्र शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्र एक्सन, सस्पेन्स थ्रिलर जनराको हो ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, मिलन श्रेष्ठको सम्पादन, नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

Mahajatra