सकियो चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’को छायाँकन
चलचित्र ‘कुमुदे हिड्यो हिरो बन्न’को छायाँकन सकिएको छ । दाङ र काठमाण्डौमा छायाँकन गरिएको चलचित्रको २८ औं दिनमा इण्डक्ल्याप गरिएको हो ।
छायाँकन सकिए लगत्तै निर्माण टिमले सन्देश शाहसँग सम्पादकका रुपमा सम्झौता गरेको छ । कार्यकारी निर्माता भोला सुबेदी (आर्जे प्रणव)का अनुसार छायाँकन सकिए लगत्तै सम्पादनको काम शुरु गरिएको छ ।
साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशन रहेको चलचित्रले सपना देख्ने र चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने हिम्मत सहित आफ्नो क्षमतामा अटूट विश्वास र आफूभित्र लुकेको ‘हिरो’ खोज्ने कथा भन्ने छ । निर्देशक पन्तले सपना, संघर्ष र आत्म अभिव्यक्तिको धरोहरका रुपमा यो चलचित्र रहेको बताएकी छिन ।
कुमुद पन्तको मुख्य भूमिका रहेको चलचित्रमा रिचा थापा, रबिना परियार, बिष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती बी.के. लगायतकाको अभिनय रहेको छ । चलचित्रमा बाल कलाकार प्रयुश दत्त सुवेदी, काव्यरस रिजाल, युनिश घिमिरे र युनिका खत्रीको पनि अभिनय छ ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बिष्णु पन्त शर्मा आचार्य हुन् भने चक्र बहादुर बराल सह–निर्माता र रंग पत्रकार भोला सुबेदी कार्यकारी निर्माता हुन् ।
Latest Updates
-
-
-
राजनीतिमा होमिएकी रिमालाई केकीको शुभकामना, निडरता र साहस नै सबैभन्दा ठूलो शक्ति हो
-
-
-
राजनीतिमा अभिनेत्री निशाको प्रवेश, रोजिन ‘गतिशिल लोकतान्त्रिक पार्टी’
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
