मङ्सिर १२ मा चलचित्र ‘कुम्भ’, नेपाली र हिन्दी भाषामा रिलिज हुने
चलचित्र ‘कुम्भ’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्र मंसिर १२ गतेदेखि प्रदर्शन हुनेछ ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ । चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’मा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।
चलचित्रको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन् । ईश्वर बल्लभ उप्रेती चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
