बिहिबार बिहान बाटै हाउसफूल चलचित्र ‘खुस्मा’
संविधान दिवसको अवसर पारेर आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बिहानी शोबाटै हाउसफूल सुरुवात गरेको छ । चलचित्रले हाउसफूल सुरुवात गरेपछि विहानैबाट मुख्य कलाकार धिरज मगर, उपासना सिंह ठकुरी विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
वितरक गोविन्द शाहीका अनुसार चलचित्रको बिहानी शोमा देशका विभिन्न शहरका केही मल्टीप्लेक्स हलबाट हाउसफूल व्यपारको सुरुवात गरेको थियो । दिउँसोका अधिकांश शोमा ६० देखि ८० प्रतिशत माथि अकुपेन्सी रहेको भएपनि त्यसमध्येका धेरै शोहरु हाउसफूल भएको बताए । चलचित्रले राम्रो सुरुवात गरेसँगै केही हलले साँझ र रातिका शो समेत बृद्धि गरेको वितरक शाहीको दाबी छ ।
चलचित्रले काठमाडौं उपत्यका र मोफसफका ठुला शहर पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज र पूर्वी नेपालका धरान, इटहरी, बिराटनगर, दमक र बिर्तामोड लगायतका शहरमा चलचित्रको बिहानी शोबाट नै दर्शकको चाप हलमा देखिएको निर्देशक तथा निर्माता अशोक थापा मगरले बताए ।
यस्तै, बिहीबार चलचित्र हरेका अधिकांश दर्शकले चलचित्रको कथावस्तु र कलाकारको अभिनयको तारिफ गरेका छन् । जसको प्रत्यक्ष फाइदा भोली शुक्रबारलाई मिल्ने निश्चित देखिएको छ । चलचित्र हलमा अनलाइन टिकट बुकिङ साइट हेर्दा पनि दर्शकले तिब्र गतिमा टिकट किनिरहेको देख्न सकिन्छ । जसले गर्दा चलचित्रलाई संविधान दिवसको फाइदा राम्रै भएको बुझिन्छ ।
यता, भोली शुक्रबारका लागि देशभरका मल्टीप्लेक्सदेखि सिगंल स्क्रिनसम्मले 'खुस्मा'को शो थपेको देख्न सकिन्छ । बिहीबार करिब दुई सय शो पाएको चलचित्रले शुक्रबारका लागि तीन सय आसपासमा शो पाउने देखिएको वितरक गोविन्द शाही बताए । दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथले चलचित्रको शनिबारको व्यापार आक्रामक हुने विश्वास वितरकको छ ।
चलचित्रको प्रचार सामाग्री 'रुकुम मैकोट' गीत र टिजर तथा ट्रेलरले दर्शकमाझ बनाएको हाइपको फाइदा चलचित्रलाई मिलेको हो । यो गीत अहिले पनि युट्युब ट्रेन्डिङ अन्तर्गत म्युजिक सेक्सनको शिर्ष स्थानमा छ । योसँगै चलचित्रका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको जोडीलाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेका अधिकांश दर्शकले सशस्त्र द्धन्द्धकालको कथामा आफुलाई पाएको बताएका हुन् । साथै, हरेक नेपालीले हेर्न पर्ने चलचित्र ‘खुस्मा’ बनेको प्रतिक्रिया पनि दर्शकको छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो । डकुमेन्ट्री चलचित्रबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय चलचित्र महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ । चलचित्रका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।
चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, राजु रेग्मी मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
