चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक

आउने वर्षको वैशाख १२ गते प्रदर्शन हुने चलचित्र ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका स्याम्मी डी रियल जीको स्वर र शब्द तथा सुरज ब्लुज संगीत रहेको छ । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोला राज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरू रहेका छन् । साथै, गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन् ।
चलचित्र ‘खेल’लाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् । चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको जनाइएको छ ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रका निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह–निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।
चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel