बिद्यार्थीसँग सलोन र केकीको अन्र्तक्रिया

२०८० श्रावन ८
बिद्यार्थीसँग सलोन र केकीको अन्र्तक्रिया

अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को प्रचारमा व्यस्त छन् । केही दिनमा चलचित्र रिलिजको लागि अष्ट्रेलिया उड्न लागेका उनी अहिले स्वदेशमा बाक्लो रुपमा प्रचारमा जुटिरहेका छन् ।

यसैबीच आइतबार सलोन, अभिनेत्री केकी अधिकारी र प्रस्तुतकर्ता शोभित बस्नेत प्रज्ञा भवनमा आयोजित एपेक्स कलेजको कार्यक्रममा पुगेर बिद्यार्थीसँग अन्तरक्रिया गरेका छन् । सो अवसरमा केकी र सलोनले चलचित्रको प्रचार गर्नुका साथै दर्शकलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । सलोन र केकी दुबैले युवा पुस्तालाई चलचित्र प्रति आकर्षित गर्न बिद्यार्थीमाझ पुगेका जनाएका छन् । उक्त कार्यक्रममा बिद्यार्थीहरुसँग आफ्नो चलचित्रका बारेमा दुबै कलाकारले खुलेर अन्तक्रिया गरेका थिए ।

टेक पौरखी राईले निर्देशन गरेको चलचित्रमा सलोन र केकीका अलवा अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।