राजनीतिमा होमिएकी रिमालाई केकीको शुभकामना, निडरता र साहस नै सबैभन्दा ठूलो शक्ति हो
अभिनेत्री तथा टेलिभिजन प्रस्तोता रिमा विश्वकर्मा पनि औपचारिक रुपमा राजनीतिमा होमिएकी छिन । उनी ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा गठित ‘उज्यालो नेपाल’ नामक पार्टीमा केन्द्रिय सदस्य बनेकी हुन् ।
रिमा बिहिबार निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गर्न पुगेकी थिइन् । जसले उनको राजनीतिक यात्रालाई औपचारिकता दिएको छ । रिमा राजनीतिमा होमिएसँगै कलाकार तथा शुभेच्छुकहरुहको बधाई तथा शुभकामना आइरहेको देखिन्छ । यसै बिच अभिनेत्री तथा रिमाकी हितैषी केकी अधिकारीले पनि उनलाई शुभकामना दिएकी छिन ।
उनले सामाजिक संजालमा रिमाको फोटो सेयर गर्दै लेखेकी छन्, ‘मेरो प्यारो साथी रिमा विश्वकर्मालाई ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ पार्टी ‘उज्यालो नेपाल पार्टी’ सँगै राजनीतिमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !
तिमी सहि र न्यायको पक्षमा आफ्नो विचार व्यक्त गर्न कहिल्यै डराएनौ। तिम्रो यो निडरता र साहस नै तिम्रो सबैभन्दा ठूलो शक्ति हो।
मलाई विश्वास छ, तिमीले निष्ठा र इमानदारीपूर्वक यो नयाँ भूमिकामा पनि उत्कृष्टता हासिल गर्नेछौ।
देश र जनताको सेवामा तिम्रो राजनीतिक यात्रा ऊर्जाशील बनोस् !
शुभकामना, प्रिय साथी! ❤️’
Latest Updates
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
