‘काँडेतार’को टिजर सार्वजनिक
नेपाल र भारतको सीमामा काँडेतार लगाउनुपर्ने विषय समेटिएको फिल्म ‘काँडेतार’को टिजर सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता नवल खड्काले निर्माण गरेको फिल्मको टिजर ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।
फिल्मका निर्देशकसमेत रहेका नवलले फिल्ममा सीमानामा काँडेतार बारले मुलुकका नागरिक र भूमिको संरक्षणमात्र गर्ने नभई असल छिमेकीसँगको सद्भाव पनि कायम राख्ने कथा देखाइएको बताए ।
नवलले यसअघि पनि राष्ट्रियताको भाव बोल्ने ‘दशगजा’, ‘आवाज’, ‘भीमदत्त’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । फिल्म ‘काँडेतार’मा नवल खड्का, गौरव पहाडी, सुरवीना कार्की, रेबिका गुरूङ, प्रशान्त यादब, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, रोमियन लिम्बु, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवी शाह, ज्ञानेन्द्र कोइराला, अञ्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।
गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको फिल्ममा माकिको राई र अञ्जु केसी निर्माता छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
