सेन्सरमा रोकियो ‘काँडेतार’, अदालत जाने नवलको भनाई

नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा आपत्ति जनाउँदै सर्टिफिकेट नदिएको निर्देशक तथा निर्माता नवल खड्काले बताए । सेन्सर सर्टिफिकेट प्राप्त भएपछि मात्र चलचित्र हलमा प्रदर्शन गर्न पाइन्छ ।
एक हप्ताअघि सार्वजनिक शीर्ष गीतमा समावेश दृश्यपछि चलचित्र सेन्सरमा रोकिन सक्ने धेरैको आँकलन थियो । गीतमा नेपाल-भारत सीमामा काँडेतार लगाउनु पर्ने सन्देशसहित नेपालको भूमि हडप्न भारतीय सेनाले गरेको प्रयासलाई देखाइएको छ । नवलले भने, ‘सेन्सर बोर्डसँगको कुराकानीमा कुनै पनि दृश्य र संवादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न मैले अनुरोध गरेको छु । आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझेर प्रदर्शन गर्नका लागि सर्टिफिकेट दिनेछ । नदिएको खण्डमा न्यायका खातिर म अदालत जानेछु । हामी फिल्मका कुनै पनि दृश्य तथा संवादहरू नकाटिकन नै जस्ताको त्यस्तै दर्शकसामु पुर्याउनेछौं ।’
चलचित्रमा निर्देशक नवल स्वयंको मुख्य भूमिका छ । कथा लेखन पनि उनकै हो । उनीसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको पनि चलचित्रमा अभिनय रहेको छ । ‘काँडेतार’लाई सौरभ लामाले छायाँकार गरेका हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal