Harsh

मुस्ताङबाट ‘कबड्डी ५’को छायांकन सुरू

२०८२ असोज २८
मुस्ताङबाट ‘कबड्डी ५’को छायांकन सुरू

चलचित्र ‘कबड्डी’को पाँचौं श्रृंखलाको छायांकन सुरु भएको छ । निर्माण टिमले हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा शुभसाइत पूजा गर्दै छायाँकन थालेको हो । पूजामा चलचित्रका कलाकार तथा प्राबिधिकहरु सहभागी थिए ।

चौथो भागलाई नै अन्तिम श्रृंखला भनिए पनि निर्माण पक्षले नयाँ कथामा ‘कबड्डी ५’ बनाउन लागेको हो । चलचित्रमा ‘कबड्डी’ श्रृंखलाकै धेरैजसो कलाकार दोहोरिएका छन् भने नयाँ अनुहारको पनि प्रवेश भएको छ । चौथौ श्रृंखलामा जोडी भएर काम गरेका दयाहाङ राई र मिरुना मगरसहित विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, विपिन कार्की, शिशिर वाङ्गदेल लगायतको अभिनय रहने यो चलचित्रबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले डेब्यु गर्दैछिन् । चलचित्रमा अभिनेत्री रिश्मा गुरुङ (मैयाँ)को पनि अभिनय रहने छ ।

रामबाबु गुरुङको निर्देशन रहने चलचित्रको ७० प्रतिशत छायांकन मुस्ताङमा र ३० प्रतिशत काठमाडौंमा हुनेछ । निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रको छायाकन सञ्जय लामाले गर्नेछन् । निर्माता मणिराम पोखरेलका अनुसार विपिन भने तिहारपछि मात्र छायांकनमा जोडिनेछन् ।