‘जीवन काडा कि फूल’को ट्रेलर सार्वजनिक

मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
यसअघि गत वर्षको चैत २२ देखि प्रदर्शनमा आउने भनिए पनि प्रदर्शन हुन सकेको थिएन । निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिति कार्तिक २२ गतेलाई तय गरेको छ ।
२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित चलचित्र साहित्यकार झमक घिमिरेको जीवन कहानीमै आधारित रहेको निर्माता तथा निर्देशक बिनोद बिष्टले जनाएका छन् ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेले अभिनय गरेका छन् । चलचित्रमा शिव ढकालको छायाँकन, कमल राईको नृत्य निर्देशन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal