‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

२०८० बैशाख २
‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक

चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को ट्रेलर सार्वजनिक गरिएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले सफल डान्सर बन्न गरेको संघर्षलाई देखाइएको छ ।

कोरियोग्राफर रेनाशा राईले निर्देशन गरेको चलचित्र डान्स ड्रामा हो । चलचित्रमा धिरज र जसिताका अलवा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा निर्माता रहेको चलचित्र आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।

LPT
Mansara