Mansara

‘झिंगेदाउ’को प्रदर्शन भदौ १७ मा

२०७९ आषाढ ४
‘झिंगेदाउ’को प्रदर्शन भदौ १७ मा

चलचित्र ‘झिंगेदाउ’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौं ३१ गतेका लागि प्रदर्शन मिति तोकिएको चलचित्र अब भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

उक्त मितिको दुई साता अगाडि चलचित्र रिलिज हुने भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।  भीमनिधि तिवारीको कथा कृतिमा आधारित चलचित्र ‘झिंगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतको मुख्य भूमिका छ ।

कपनगढी सिनेमा प्रा.ली र फिल्म क्रू नेपालको प्रस्तुती रहेको चलचित्रको निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन् । सुशील दाहाल र ईश्वर घिमिरे सह–निर्माता रहेको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा तथा संवाद छ ।

विष्णु घिमिरे ‘कल्पित’को छायांकन निर्देशन, मदन कश्यप घिमिरेको छायाँकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्धन्द्ध छ । मित्र देव गुरुङले यस चलचित्रको सम्पादन गरेका हुन् ।

भदौं १७ मा पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ पनि प्रदर्शनमा आउँदैछ ।

Mahajatra