‘एक भागवत र एक गीता’को गीत ‘झिँझिँया’ सार्वजनिक

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)मा समावेश मैथिली भाषाको गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ‘झिँझिँया’ बोलको लोक भावको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक मैथिली समुदायको परम्परागत गीतमा नेहा प्रियदर्शनी र प्रवेश मलिकको युगल स्वर रहेको छ भने गायक मलिकले नै संगीत दिएका छन् ।
गीतले मैथिली संस्कृति र जीवन प्रस्तुत गरेको छ । जानकी मन्दिरको परिसरमा छायांकन गरिएको गीतमा अभिनेत्री सुहाना थापा, विपिन कार्कीलगायतका कलाकारको नृत्य देख्न सकिन्छ ।
झरना थापाको निर्देशन रहेको चलचित्रमा सुहाना र विपिनसँगै धीरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको पनि अभिनय रहेको छ । चलचित्रले मंगरबार नै सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal