पुष ४ मा ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’
चलचित्र ‘झरीपछिको इन्द्रेणी’ पुष ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको चलचित्रको रिलिज मिति बिहिबार सार्वजनिक गरिएको हो ।
निर्माण टिमले शनिबार चलचित्रको एक गीत समेत रिलिज गर्दैछ । ‘फसायो लमीले’ बोलको उक्त गीत रिलिजको ‘काउन्टडाउन’ पोस्टरमा चलचित्रको प्रदर्शन मिति समेत उल्लेख छ ।
गीतमा समीक्षा अधिकारी र वसन्त थापाको स्वर तथा रमेश परियारको शब्द र संगीत रहेको छ । भिडियोमा दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामाको नृत्य देख्न सकिन्छ । चलचित्रका सबै गीत काठमाडौं महानगरपालिकाका प्रमुख तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक हुने जनाइएको छ ।
चलचित्रमा दीपाश्रीसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, विमोचन दवाडी, जेसिका पोखरेल, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतले अभिनय गरेका छन् ।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको चलचित्रलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।
चलचित्रमा निर्देशक घिमिरे स्वयंको कथा लेखन छ भने उनलाई पटकथा तथा संवादमा गणेश कार्की र विशाल घिमिरेले सघाएका छन् । चलचित्रमा रोमन बज्रचार्यको पार्श्व ध्वनी, बुद्ध थापाको छायाँकन, मित्र डि. गुरुङको सम्पादन तथा मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।
Latest Updates
-
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
-
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
