चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा सगरमाथा आरोहण र त्रिकोणात्मक प्रेमकथालाई मुख्य विषयवस्तुको रूपमा प्रस्तुत गरिएको छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त, उषा खड्गी लगायतका कलाकारको अभिनय रहेको छ ।
अनन्या फिल्मस्को ब्इानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सरोज न्यौपाने हुन् । रोविन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र अनन्या न्यौपाने चलचित्रका निर्माता हुन् । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रका एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का हुन् । चलचित्रमा हेमराज बिसीको कथा, विश्वास तिम्सिनाको पटकथा, दुलिप रेग्मीको छायांकन, जयन जे वाइबा, कालिप्रसाद बाँस्कोटा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
Latest Updates
-
-
-
राजनीतिमा होमिएकी रिमालाई केकीको शुभकामना, निडरता र साहस नै सबैभन्दा ठूलो शक्ति हो
-
-
-
राजनीतिमा अभिनेत्री निशाको प्रवेश, रोजिन ‘गतिशिल लोकतान्त्रिक पार्टी’
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
