टिकटकमा रुचाइयो ‘जय हो’को ‘राजा रानी’
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’लाई समाजिक सञ्जाल टिकटक र युट्युवमा रुचाइएको छ ।
गीत रिलिजको ६ दिनमा युट्युवमा ५ लाख बढि भ्युज भएपनि टिकटकमा गीतका केही लाइनहरु दर्शकले रुचाएका छन् । ती लाइनमा एक दमै धेरै टिकटक भिडियोहरु निर्माण भएका छन् । जसले चलचित्रको प्रचारमा निकै फाइदा पुगेको विश्वास निर्माण टिमको छ । गीतमा सागर आलेको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छन् ।
टेक पौरखी राईको निर्देशन निर्माण भएको चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
