Harsh
PR Banner

प्रिमियरमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया

२०८२ कार्तिक २१
प्रिमियरमा ‘जारी २’लाई मिल्यो उत्कृष्ट प्रतिक्रिया

चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर गरिएको छ । आजबाट रिलिज भएको चलचित्रको बिहिबार साँझ प्रिमियर गरिएको हो ।

कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि चलचित्रकर्मी तथा उपस्थित अन्य पाहुनाहरुले चलचित्रको मुक्त कण्ठले प्रसंसा गरेका छन् । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र लिम्बु संस्कृतिमा आधारित छ । चलचित्रले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित पाहुनाको छ ।

निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी र ुजारी २ु टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल,, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा प्रिमियर उपस्थित थिए । विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सवैको ध्यान खिचेको थियो ।

चलचित्र हेर्न विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् । उनले चलचित्र हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । चलचित्रले राम्रो सन्देश दिएको छ । त्यसमाथी पहिलो भागको तुलनामा फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’

आजबाट विश्वव्यापी प्रदर्शनममा आएको चलचित्रले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूवी नेपालका हलमा चलचित्रको व्यापार आक्रामक देखिएको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।