Harsh
PR Banner

प्रदर्शन भए ‘जारी २’ र ‘मन बिनाको धन’

२०८२ कार्तिक २१
प्रदर्शन भए ‘जारी २’ र ‘मन बिनाको धन’

फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका दुबै चलचित्रको अग्रिम टिकट बुकिङ सुखद छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘जारी २’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, सिर्जना निङ्लेखु लगायतको अभिनय रहेको छ । चलचित्र ‘जारी’को सिक्वेल हो ।

यस्तै टंक बुढाथोकी निर्दशित चलचित्र ‘मन बिनाको धन’मा अशोक दर्जी, सन्तोष पन्त, रमा थपलिया, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, बिना राउत लगायतको अभिनय रहेको छ ।  चलचित्र गायक अशोक दर्जीको जीवनकथामा आधारित छ ।