चलचित्र जारको पोष्टर सार्वजनिक

लेन्सनेपाल २०७८ भाद्र २१
चलचित्र जारको पोष्टर सार्वजनिक

चलचित्र जारको फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा लिड एक्टेस् गिताञ्जली थापालाई फिचर्ड गरिएको छ ।

गिताञ्जलीका अलवा सौगात मल्ल र अनुपबिक्रम शाहीको मुख्य भुमिका रहेको चलचित्रले सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटना देखाउने जनाइएको छ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको चलचित्रको कथा इन्द्र बहादुर राईले लेखेका हुन् ।

चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत र अखिलेश राईको सम्पादन रहेको छ ।