इन्फा अवाडमा विजय र उपासना उत्कृष्ट अभिनेता अभिनेत्री
इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ लन्डनमा सम्पन्न भएको छ। ग्रीनफोर्ड हलमा सम्पन्न कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
अवार्ड समारोहमा ‘छक्का पन्जा ५’ ले उत्कृष्ट चलचित्र र सोही फिल्मबाट निर्देशक दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्दा अभिनेता दीपकराज गिरीले स्क्रिनप्ले अवार्ड जिते ।
गतवर्ष रिलिज भएका ५५ फिल्ममध्येबाट २७ विधामा अवार्ड दिइँदा मुख्य अभिनेताको अवार्ड ‘पूर्णबहादुरको सारंगी’ बाट विजय बराल एवं मुख्य अभिनेत्रीको अवार्ड अवार्ड ’खुस्मा’ बाट उपासनासिंह ठकुरीले जितिन् ।
त्यस्तै, जुरी अवार्ड निर्देशक विधामा चलचित्र ‘अञ्जिला’ बाट निर्देशक मिलन चाम्स सम्मानित भए । त्यस्तै अभिनयतर्फ, ‘लाज शरणम्’का महेश त्रिपाठी उत्कृष्ट अभिनेता अवार्डबाट पुरस्कृत भए भने ‘कर्साङ’ की दीया मास्केले उत्कृष्ट अभिनेत्री अवार्डको हात पारिन् ।
क–कस्ले पाए अवार्ड
उत्कृष्ट फिल्मः छक्का पन्जा ५
उत्कृष्ट निर्देशकः छक्का पन्जा ५ (दीपाश्री निरौला)
उत्कृष्ट अभिनेताः विजय बराल (पूर्णबहादुरको सारङ्गी)
उत्कृष्ट अभिनेत्रीः उपासना सिंह ठकुरी ( खुस्मा)
उत्कृष्ट पटकथाः दीपकराज गिरी (छक्का पञ्जा ५)
उत्कृष्ट सम्पादनः साहिल खान ( द आउट ल: दफा २१०)
उत्कृष्ट छायांकनः पुरुषोत्तम प्रधानले (पिताम्बर)
उत्कृष्ट नकारात्मक भूमिकाः प्रमोद अग्रहरी (पिताम्बर)
उत्कृष्ट सह अभिनेताः जीतु नेपाल (कर्साङ)
उत्कृष्ट सह अभिनेत्रीः सृजना सुब्बा (अञ्जिला) ऋचा घिमिरे (तेल भिसा)
उत्कृष्ट नव अभिनेताः विवेक कर्माचार्य (वर एण्ड वधु)
उत्कृष्ट नव अभिनेत्रीः सृजना निङलेखु
उत्कृष्ट द्वन्द्व निर्देशकः चुल्ठे काजी र श्री श्रेष्ठ
उत्कृष्ट नृत्य निर्देशकः छक्का पञ्जा ५ ( सुनिल श्रेष्ठ र गम्भीर विष्ट
गायिकाः शान्ति श्री उत्कृष्ट परियार ( रुकुमै कोट (खुस्मा)
उत्कृष्ट गायकःआशिष अविरल ( रैया चाँदीको - पूर्णबहादुरको सारङ्गी)
संगीतकार थानेश्वर गौतम ‘रात किन हुन्छ हजुर’ (अञ्जिला)
स्पेसल मेन्सन अवार्ड
फिल्मः सतिदेवी
निर्देशकः कृषा चौलागाईं
प्रोत्साहन अवार्ड
अभिनेताः सुमन भन्डारी (द आउट ल: दफा २१()
अभिनेत्रीः दिव्या रायमाझी (पिताम्बर)
पपुलर अवार्ड
अभिनेताः प्रदीप खड्का (पिताम्बर)
अभिनेत्रीः स्वस्तिमा खड्का (बेहुली फ्रम मेघौली)
पब्लिक च्वाइस अवार्ड
अभिनेताः दिपकराज गिरी (छक्का पञ्जा ५)
अभिनेत्रीः नीता ढुंगाना (ह्रस्व दीर्घ)
जुरी अवार्ड
निर्देशकः मिलन चाम्स (अञ्जिला)
अभिनेताः महेश त्रिपाठी (लाज शरणम्)
अभिनेत्रीः दीया मास्के (कर्साङ)
कमेडी एक्टर अफ द इयरः केदारप्रसाद घिमिरे
विशेष योगदान सम्मानः केकी अधिकारी
ब्लकबस्टर मुभी अफ द इयरः पूर्णबहादुरको सारङ्गी
डायस्पोरा मुभी अवार्डः तेल भिसा
Latest Updates
-
-
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
-
-
दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
-
-
New Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla
Next Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Max Nepal, Rajan Kunwar, Pooja Chaudhary
