इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल हुने

इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल आयोजना हुने भएको छ । इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल च्याप्टरले आइतबार आयोजित पत्रकार सम्मेलनमा मङ्सिर ९ गते फेस्टिभल आयोजना हुने जनाएको छ ।
आइर्वाट रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन हो । जसले महिला फिल्ममेकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेको नेपाल च्याप्टर हेड इच्छा गुरुङले जनाएकी छिन ।
चलचित्र विकास बोर्डको हलमा आयोजना हुने फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला चलचित्रकर्मीहरूको सहभागिता रहनेछ । सोही दिन नेपाली लघु चलचित्र प्रतियोगिताको समेत आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गर्न लागिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् ।
Latest Updates
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
-
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak