चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
चलचित्र ‘ह्रस्व दीर्घ’ले चार दिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको छ । मंगलबार वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले सोमबारसम्मको कमाई सार्वजनिक गरेको हो ।
हलमा ‘पूर्णबहादुरको सारङ्गी’को उछाल कायम नै रहेकोले यो चलचित्रले प्रायाप्त शोज पाउन सकेको थिएन । १३० हाराहारीको शो संख्यामा प्रदर्शन थालेको चलचित्रले उत्साहप्रद ओपनिङ गरेको थियो । चलचित्रले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख कमाई गरेको आंकडा सार्वजनिक भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सोमबार सरकारले दिएको सार्वजनिक विदाको प्रभाव चलचित्रको व्यापारमा देखिएको हो । मंगलबार पनि चलचित्रले उत्साहजनक ब्यापार गरेको छ ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नेपाली र भारतीय कलाकारहरुको अभिनय रहेको रहेको छ । चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, रेखा थापा, विपना थापा, सञ्चिता लुइँटेल, सरोज खनाल, गरिमा शर्मा सहित भारतिय कलाकारहरु प्रदीप रावत, ब्रह्मानन्दम, सुनिल बर्मा, अली र कबीर दुहन सिंहलगायतको अभिनय रहेको छ ।
यसैबिच मंगलबार प्रदर्शनको पाँचौं दिन अर्थात मंगलबार चलचित्रमा समावेश ‘जपिँदैन हरि’ बोल गीत सार्वजनिक गरिएको छ । प्रेमभावको गीतमा केतन क्षेत्री र मेनुका पौडेलको युगल गायन छ भने प्रतिक पौडेलको शब्द र संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
