‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बुकिङ्ग खुल्ला

शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’को अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ । देशभरका मल्टीप्लेक्सहरुले प्राथमिकताका साथमा चलचित्रलाई शो उपलब्ध गराएका छन् ।
सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि चलचित्रलाई देशभर कूल ४५ शो दिएको छ । जसमा काठमाडौं उपत्यकामा २१ र उपत्यकाबाहिर २४ शो छ । त्यस्तै, दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआई चलचित्रजले कूल ८ शो दिएको छ भने वान चलचित्रजले पनि नयाँ बानेश्वर र कालिमाटी स्टेशनमा गरी ८ शो उपलब्ध गराएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालित मल्टीप्लेक्सहरु एफक्युब र बिग मुभिजमा समान ५–५ शो, विएसआर मुभिजमा ४ शो पाएको चलचित्रको केही हलमा अझै बुकिङ खुल्न बाँकी छ । चलचित्रले पहिलो दिन एक सय ५० हाराहारी शो पाउने देखिन्छ । प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौती चलचित्रलाई रहनेछ । दक्षिण भारतीय चलचित्र ‘कंगुवा’ र नेपाली चलचित्र ‘केटी हराएको सूचना’ रिलिज नहुने भएपछि ‘ह्रस्व दीर्घ’लाई शोलो रिलिजको अवसर मिलेको छ । यद्यपी चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ब्यापारमा कमी नआएका कारण यो चलचित्रलाई चुनौती भने देखिन्छ ।
चन्द पन्तले निर्देशन गरेको चलचित्रमा कलाकारको ‘लाइनअप’ बलियो छ । नेपालीदेखि दक्षिण भारतका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । यसैले चलचित्रप्रति दर्शकमा चासो देखिन्छ । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi