थ्रिलर कथामा ‘होस्टेल अगेन’ निर्माणको घोषणा

२०८२ श्रावन ६
थ्रिलर कथामा ‘होस्टेल अगेन’ निर्माणको घोषणा

चलचित्र ‘होस्टेल’को चौथो शृङ्खला निर्माणको घोषणा गरिएको छ । चौथो श्रृखलालाई ‘होस्टेल अगेन’ भनिएको छ । यसलाई ‘होस्टेल ३ निर्माण गरेकै समूहले निर्माण गर्नेछ । सोमबार सामाजिक सञ्जालमार्फत मिनिमल पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।

पोस्टरमा रगत लतपतिएको चक्कुले गुलाबको फूललाई थिचेको देखिनुले चलचित्र थ्रिलर कथामा निर्माण हुने लागेको संकेत गरेको छ । चक्कु र गुलाबको संयोजनले प्रेम र द्वन्द्वको मिश्रणलाई दर्साउँछ । नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्दै आएको सफल श्रृखलाका रुपमा चिनिएको ‘होस्टेल’का अघिल्ला चलचित्रहरु लभस्टोरी जनराका थिए ।

चलचित्रलाई ‘होस्टेल ३’ कै निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन् भने माधव शर्माकै लेखन रहने छ । यस्तै निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स एवम् कार्यकारी निर्माता शङ्कर कोइराला दोहोरिएका छन् ।