चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘हिड्दा हिड्दै’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्र निर्माण टिमले राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माणको घोषणा गरेको हो ।
चलचित्र यही असोज १५ गतेबाट फ्लोरमा जाने जनाइएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने चलचित्रलाई मिलन आलेले निर्देशन गर्नेछन् । नारायण शुशिल पंगेनी ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता आकाश श्रेष्ठ र सलोन बस्नेतको मूख्य भुमिका रहने छ भने अभिनेत्रीका रुपमा रेखा शाहले डेब्यु गर्नेछिन ।
चलचिलाई दिल लामा, राजकुमार थिङ र पारस गुरुङले निर्माण गर्नेछन् । प्रस्तुतकर्ता भने शुशिल पंगेनी हुन् । चलचित्रमा सुमन तण्डुकारको छायाँकन, बसन्त सापकोटाको संगीत, देव महर्जनको द्धन्द्ध र कविराज गहतराजको नृत्य रहने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
