Harsh
PR Banner

‘परान’ हेरेपछि हिमानी शाह भन्छिन् – नेपालको यथार्थ यहि हो

२०८२ मंसिर २
‘परान’ हेरेपछि हिमानी शाह भन्छिन् – नेपालको यथार्थ यहि हो

पूर्व युवराज्ञी हिमानी शाहले चलचित्र ‘परान’ हेरेकी छिन् । सोमबार राती ८ बजे दरबार सिनेप्लेक्समा चलचित्र हेरेपछि शाहले ‘परान’मा नेपालको यथार्थ भेटिने बताइन् ।

प्रतिक्रिया दिनेक्रममा शाह भन्छिन्, ‘अहिलेको अवस्थामा नेपालको यथार्थ यही हो । नेपालीहरु बिदेश पलायन भइराखेको अवस्था छ । यो चलचित्र हेर्नेहरुले नेपालको यथार्थ भेट्नुहुनेछ ।’ शाह आफ्नो केहि आफन्तका साथमा हलमा पुगेकी थिइन् ।

चलचित्र यतिबेला तेस्रो सातामा प्रदर्शन भइरहेको छ । तेस्रो सातामा पुग्दैगर्दा चलचित्रले ११ करोड माथीको ग्रस कलेक्सन गरिसकेको निर्माण टिमको दाबी छ ।

दिपक प्रसाद आचार्यको निर्देशन रहेको चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पुजा चन्द, केकी अधिकारी, प्रविण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रमा रन्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।