‘हिजो आजका कुरा’को छायाँकन शुरु

चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन शुरु गरिएको छ । बुधबार पशुपति मन्दिरमा पुजा आजा गरि छायाँकन शुरु गरिएको हो ।
साकार पन्तको निर्देशनमा बन्ने चलचित्रको छायाँकन सेड्युल ३५ दिनको तय गरिएको छ । २ करोड रुपैयाँ अनुमानित बजेट तय गरिएको चलचित्रले आगामी वर्षको बैशाख १२ गतेका लागि प्रदर्शन मिति समेत घोषणा गरेको छ ।
चलचित्र ड्रामेडी जनरामा निर्माण हुनेछ । चलचित्रले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुलाई उठान गर्ने जनाइएको छ । चलचित्रमा सन्तोष र साकारको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छााँकन, बिनय कन्साकारको सम्पादन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।
चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकारद्वय विनायक कुइकेल र अनुष्का घिमिरेलगायतको अभिनय रहनेछ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung